समाचार पत्र
गण्डकी प्रदेश, तनहुँ जिल्ला परासर ऋषिको तपोभूमि तथा वेदव्यासको जन्मभूमि दमौलीको मुटुमा अवस्थित वाराही आवासीय माध्यमिक विद्यालय वि.सं. २०४२ सालमा स्थापना भएदेखि आजसम्म अनवरत रुपमा विद्यार्थीहरुलाई उपयुक्त वातावरणमा सम्मानका साथ शिक्षण गर्दै आइरहेको कुरा यहाँहरुलाई अवगत नै छ । हाम्रो यस वाराही आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुको सिकाइ पढाइमा मात्र सीमित नराखी विभिन्न सिर्जनात्मक, रचनात्मक तथा खेलकुदमा समेत समावेश गराइ सिकाइलाई बहुपक्षीय ढंगबाट अगाडि बढाइ रहेका छौं । यL कार्यहरु विगतका वर्षहरुदेखि भइरहेका छन् । यस वर्षमा पनि हामीले विभिन्न अतिरिक्त कियाकलापहरु गराइरहेका छौं । यस वर्षका सुरुवाती चरणबाटै विद्यार्थीहरुलाई विभिन्न खेलकुदमा समावेश गराइसकेका थियौं। गर्मी महिना भन्दा जाडो महिना अनुकूल हुने भएकोले माघ महिनामा अत्याधिक अतिरिक्त क्रियाकलाप गराइएको थियो ।